नेपाली जनताको चाहना पुरा भएको छैन : विप्लव 

नेपाली जनताको चाहना पुरा भएको छैन : विप्लव 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको चाहना पुरा नभएको बताएका छन्। सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विप्लवले जनताको चाहना पुरा नभएको बताएका हुन्। 

उनले सहितको सपना मर्न नदिने प्रतिबद्धता जनाए । ‘दुख नपाउने कम्युनिस्ट नेता छैनन्,’ उनले भने ‘सहिदको सपना मर्न दिँदैनौ।’

नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको उनको भनाई छ। तर, पूर्ण नभएको उनले बताए। उनले सुरक्षित अनुभूति गर्ने अवस्था नरहेको सुनाए। कम्युनिस्ट विजयी भएपछि युद्ध अन्त्य हुने उनको भनाई छ। 

उनले सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले सहमतिको पालना गर्ने कुरामा आश्वस्त हुन भनेका छन्।  

२१ फागुन, २०७७, १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।