डोटीमा शिक्षक मृत फेला  

डोटीमा शिक्षक मृत फेला  

काठमाडौं : डोटीमा आज (बिहीबार) बिहान शिक्षक मृत अवस्थामा फेला परेका छन्।

जोरायल गाउँपालिका–२, बुडरस्थित बुडर–जोगबुढा सडकखण्डमा स्थानीय २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।

मृत्युको कारण शव परीक्षण (पोस्टमार्टम)पछि मात्रै थाहा हुने उनले बताए। 

भट्टराई स्थानीय भूमिराज केदार आधारभुत विद्यालयका शिक्षक हुन्। 

२० फागुन, २०७७, १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।