म्यानमारमा ३८ जनाको हत्या, सेनाविरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतावनी

म्यानमारमा ३८ जनाको हत्या, सेनाविरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतावनी
तस्विर : रोयटर्स

म्यानमारमा भएको यो घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ। 

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।

म्यानमारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि कम्तीमा ३८ जनाको हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। 

सेभ द चिल्ड्रेनका अनुसार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। सैन्य कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्।

२० फागुन, २०७७, ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।