फोटो कथा

पुट्ट पेट देखाउँदै सांसदहरूले लगाए कोरोना खोप

उकेरा संवाददाता


तस्बिर : उपेन्द्र खड्का।

काठमाडौँ : सरकारले प्रतिनिधि सभाको बैठक अगाडि सबै सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेपछि आज निजामती अस्पताल पुगेर सांसदहरूले कोरोनाविरुद्धको खोप लगाए।

नेकपा दाहाल–नेपाल समूहका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल, राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व मन्त्री योगेश भट्टराई लगायतका सांसदहरू खोप केन्द्रमा पुगेर खोप लगाएका थिए।

खोप केन्द्रमा पुगेका नेताहरूले खोप लगाएपछि भिन्न भिन्न प्रतिक्रिया दिए । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष दाहालले चिरिक्क गर्दा खोप लगाइसकेको प्रतिक्रिया दिए। उनले आफ्नो परिवारको सदस्यलाई खोप लगाउन आव्हान गरेका थिए। दाहालले आफ्नो परिवारका सबै सदस्यले खोप लगाउने बताए।

माधव नेपालले सबैलाई खोप लगाउन आग्रह गरेका थिए। खोप लगाएर ढुक्क हुने मात्रै हैन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र साबुन पानीले हात धुन छाड्न नहुने नेपालले बताए। खोप लगाएको छु भनेर हेलचेक्राई गर्नु भएन।

हालै भारतमा स्वास्थ्य परीक्षण गराएर नेपाल फर्किएका भट्टराईले खोप लगाएपछि ‘ खोप लिन हुन्छ कि हुन्न भनेर वीर अस्पतालका चिकित्सकसँग सल्लाह गर्दा खोप लगाउन हुन्छ भनेपछि खोप लगाएको  बताएका थिए। उनले सबैलाई खोप लगाउन आग्रह गरे।

खोप लगाउँदा अधिकांश नेताको पुट्ट पेट देखियो। अधिकांश नेताहरूले खोप लगाउँदा स्वाभाविक व्यवहार गरेका थिए।

राष्ट्रिय सभामा सांसद रामनारायण विडारी भने सुईदेखि डराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली सन्चै त छन् नि ?

एमाले ब्युँतिएसँगै उनले सरकारी निवास बालुवाटारमा आफू निकटहरूलाई बैठक राखेर महत्त्वपूर्ण निर्णयहरू गरे पनि एमालेकै माधव नेपाल समूह उनीसँग बिच्किएका छन्। अध्यक्ष र महासचिव बाहेक....

३३ वर्षदेखि चिया खुवाउँदै बिजुली शोभा

बिहान ३ बजे नै उठ्छिन् उनी। सबेरै नजिकैको गणेश मन्दिरतिर लाग्छिन्।

सेना दिवसमा सभामुखलाई  पछिल्लो कुर्सी

तर यो पाली पहिलो रोहमा उनी प्रधानमन्त्री बसेको भन्दा पछिल्लो रोहको सिटमा बसेका थिए। पहिलो रोहमा राष्ट्रपति,....

जय शम्भाे !

कोरोना सङ्क्रमणका कारण यो पटक साधुहरूको सङ्ख्या केही पातलिएको देखियो। पशुपति मन्दिर क्षेत्र, आर्यघाट, लगायतका क्षेत्रमा साधु सन्तहरू धुनी जगाएर बसेका छन्। शिवरात्रि धार्मिक पर्व भए....

सम्पदा विरोधी भूत भगाउन नागरिक अगुवाले धूप बाँले

उनीहरूले कमलपोखरीमा कंक्रिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग राखेका थिए। ‘सम्पदा मास्ने भूत भगाऔँ....