स्वास्थ्य

जोखिम समूहलाई सेप्टेम्बरसम्म खोप लगाई सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी 

उपेन्द्र खड्का 


काठमाडौँ : सरकारले सेप्टेम्बरसम्म जोखिम समूहमा रहेको जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य रहेको बताएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सेप्टेम्बरसम्म ५५ वर्ष माथिका र जोखिम समूहमा रहेको जनसङ्ख्यालाई खोप लगाइसक्ने बताएका हुन्। 

उनले २० लाख डोज कोरोनाविरुद्धको खोप आइसकेको र बाँकी १० लाख डोज खोप आउने क्रममा रहेको बताए। कोरोनाविरुद्धको खोप लगाएपछि मन्त्री त्रिपाठीले खोप उत्पादन गर्ने देश र कम्पनीहरू थोरै र माग धेरै भएको बताए। उनले भने, ‘सहज ढङ्गले खोप लगाउने अभियान सञ्चालन हुन्छ।’ 

फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानमा ५५ वर्ष माथिका नागरिक सहभागी हुने मन्त्री त्रिपाठीको भनाई छ। २३ गतेदेखि नै सुरु हुन लागेको प्रतिनिधि सभा बैठकमा सहभागी हुन कोरोनाविरुद्धको खोप लगाउनु पर्ने अनिवार्य नियम अनुसार सांसदहरूले खोप लगाइरहेका छन्। 

सिभिल अस्पताल बानेश्वरमा खोप लगाएपछि नेकपाका अध्यक्ष माधव कुमार नेपालले खोप लगाएको भनेर हेलचेक्राई नगर्न अनुरोध गरे। बिहान १० बजेदेखि सुरु भएको खोप लगाउने काम दिउँसो ४ बजेसम्म चल्नेछ। सुरुमा सभामुख अग्नि सापकोटाले खोप लगाएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी....

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको हो। मन्त्रालयले कोरोना सङ्क्रमण फैलनबाट....

सरकारले २० लाख डोज खोप किन्न सेरमलाई पैसा पठायो

प्रतिडोज ४ डलरका दरले पैसा पठाएको  मन्त्रालयका प्रवक्ता गौतमले उकेरालाई जानकारी दिए। डा. गौतमले भने,‘सम्झौता गर्‍यौँ। २० लाख डोजको लागि ८० प्रतिशत एडभान्स पठायौँ।’  नेपालमा....

बिरामी जाँचेको शुल्क बढाउने निर्णय कार्यान्वयन गर्न माग  

सङ्घ र अफिनले चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई परामर्श शुल्क बढाउन माग गरेका हुन्।  सङ्घ र अफिनले शुल्क बढाउने निर्णय गरेर चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई....

बिहानै किन बढी मृत्यु हुन्छ ?

मृतक पनि चिकित्सकै थिए। उनी अलिअलि रक्सी पिउँथे। रक्त चापको समस्या पनि थियो। डा. रेग्मीले भने,‘उ सुतेको सुतै भयो, ऐया भन्न पनि पाएन।’  यस्ता धेरै....