बीएन्डसीलाई सम्बन्धन दिने निर्णय सच्याउन काँग्रेसको माग 

बीएन्डसीलाई सम्बन्धन दिने निर्णय सच्याउन काँग्रेसको माग 

काठमाडौँ : नेपाली काँग्रेसले झापास्थित प्रस्तावित बीएन्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने निर्णय सच्याउन माग गरेको छ। निर्णय नसच्याए परिणाम दुखद हुने जानकारी काँग्रेसले गराएको छ। 

‘बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो,’ काँग्रेसले निकालेको विज्ञप्तिमा भनिएको,‘शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सृजना नगर्न नेपाली काँग्रेस शिक्षा विभाग सचेत गराउँछ।’

विज्ञप्तिमा कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा काठमाडौँ विश्वविद्यालय सभाले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकार आफैँले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार हस्तक्षेप गरेको भन्दै आपत्ति जनाइएको छ। 

१८ फागुन, २०७७, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।