दक्षिणी सुडानमा खटिएको सशस्त्रको एफपियु–१ उत्कृष्ट घोषित

दक्षिणी सुडानमा खटिएको सशस्त्रको एफपियु–१ उत्कृष्ट घोषित

काठमाडौँ : दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट उत्कृष्ट भएको छ। 

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्याङ्कन समितिले दक्षिणी सुडानमा तैनाथ ६ एफपियुमध्ये जुवामा तैनाथ नेपाल एफपियु–१लाई उत्कृष्ट घोषणा गरेको हो। 

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्याङ्कन प्रतिवेदनमा नेपाल एफपियुले शतप्रतिशत नतिजा पाएको युनिटका कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए।

उक्त एफपियुमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १ सय ८० सशस्त्र प्रहरी अधिकृत र जवानहरू कार्यरत छन्।  

१७ फागुन, २०७७, २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।