सम्पदा विरोधी भूत भगाउन नागरिक अगुवाले धूप बाँले

सम्पदा विरोधी भूत भगाउन नागरिक अगुवाले धूप बाँले

काठमाडौँ : बालाजु क्षेत्रमा जर्वजस्ती गरेको सडक विस्तार र सम्पदा मास्ने गरी कमलपोखरीमा भइरहेको पूर्ननिर्माणको विरोध गर्दै वृहत् नागरिक आन्दोलनले काठमाडौँ महानगरको कार्यालय  घेराउ गर्यो।

उनीहरूले कमलपोखरीमा कंक्रिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग राखेका थिए। ‘सम्पदा मास्ने भूत भगाऔँ कमल पोखरी जोगाऔँ’ भन्दै उनीहरूले धुपबत्त बालेका थिए। 

उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिसँग सहकार्य गर्दै नागरिक आन्दोलनका अगुवाहरू बाघ दरबार अगाडि गएर महानगरको कार्यालय घेराउ गरेका थिए।

बालाजु क्षेत्रको सडक विस्तार रोक्न सर्वोच्च अदालतबाट आदेश आए पनि सो क्षेत्रमा जर्वजस्ती सडक विस्तार भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए।

कमलपोखरी सुकाएर त्यहाँ कङ्क्रिटको कमल बनाउन काठमाडौँ महानगरपालिका सक्रिय भएपछि सम्पदाको संरक्षणमा सक्रिय अभियन्ताहरूले त्यसको विरोध गर्दै आएका छन्।

१६ फागुन, २०७७, १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।