जोशीको स्वास्थ्य क्रिटिकल नै

जोशीको स्वास्थ्य क्रिटिकल नै

काठमाडौँ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा शुक्रवार साँझसम्म सुधार नआइसकेको चिकित्सकले बताएका छन्।

नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था क्रिटिकल रहेको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले उकेरालाई जानकारी दिए। उनले भने,‘अवस्था क्रिटिकल नै छ। अहिले केही पनि भन्न गाह्रो छ।’
अहिले उनी भेन्टिलेटरमा उपचाररत छन्।
जोशीको बिहान नर्भिक अस्पतालमा टाउकामा जमेको पानी फाल्न शल्यक्रिया गरिएको थियो। टाउकामा जमेको पानी, रगत भने पाइपका माध्यमबाट बिस्तारै बाहिर आइरहेको उनले जानकारी दिए।
डा. झाका अनुसार नेता जोशीलाई शुक्रवार बिहान करिब साढे ३ बजे वीर अस्पतालबाट एक जना चिकित्सकसहित परिवारले नर्भिक अस्पताल पुराएको थियो। त्यसपछि अस्पताले आफूलाई खबर गरेको झा बताउँछन्। डा. झाले भने,‘म १०-२० मिनेटमा पुगेको थिएँ। हेर्दा खेरी उहाँ अलरेडी कोमामा हुनुहुन्थ्यो।’
डा. झाका अनुसार जोशीको आधा दिमाग (मस्तिष्क) ले काम गरेको थिएन। बान्ताहरू फोक्सोमा गएर श्वास फेर्न कठिन भएको थियो। चिकित्सकको टिमले उनलाई पाइपको माध्यमबाट श्वास फेर्न सहज बनाएको थियो।
सिटी स्क्यान गरेर हेर्दा ठुलो किसिमको मस्तिष्क घात (हेमोरेजिक स्ट्रोक) भएको देखिएको थियो। नर्भिक पुर्याउनु भन्दा करिब डेढ घण्टा अगाडी पनि वीर मा सिटी स्क्यान गरिएको उनले बताए। वीर को र नर्भिकको अवस्था हेर्दा खराब देखिएको डा. झाले बताए। उनले भने,‘वीर अस्पताल र नर्भिक अस्पतालको अवस्था हेर्दा एकदमै खराब भइसकेको थियो।’
जोशीको मस्तिष्कको पानी निस्कने बाटो बन्द भएको थियो। जले गर्दा टाउको फुल्दै गएको थियो। त्यसैले बिहानै टाउकाको शल्यक्रिया गरिएको डा. झाले जानकारी दिए।

१४ फागुन, २०७७, २३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।