संसद अधिवेशनको मिति तोकिएको छैन : सरकारका प्रवक्ता, पत्र आएको छैन : राष्ट्रपति कार्यालय

संसद अधिवेशनको मिति तोकिएको छैन : सरकारका प्रवक्ता, पत्र आएको छैन : राष्ट्रपति कार्यालय

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधि सभाको अधिवेशन बोलाउन सरकारले तयारी गरिरहे पनि मिति भने नतोकिएको बताएका छन्।

उकेरासँग कुरा गर्दै उनले भने‘मन्त्रीपरिषद्को बैठकमा अधिवेशनबारे छलफल भएको हो, तर मिति नै तोक्ने निर्णय भने भएको छैन।’

मन्त्रिपरिषद्को बैठकमा सहभागी कानुनमन्त्री लिलानाथ श्रेष्ठले पनि अधिवेशनबारे छलफल भए पनि मिति तोक्ने निर्णय भने नभएको उकेरासँग बताए। उनले मन्त्रिपरिषद्को अर्को बैठकले मिति तोक्नसक्ने जानकारी दिए।

उता, राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्नेबारे अहिलेसम्म सरकारबाट सिफारिस नआएको जानकारी दिए।

उनले उकेरासँग भने‘अहिलेसम्म त्यस्तो पत्र आएको छैन।’ राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले पनि संसद अधिवेशन बोलाउनेबारे मन्त्रीपरिषद्कको पत्र नआएको उकेेरालाई बताए।

१४ फागुन, २०७७, २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।