उद्योगी र बैंकर्स सङ्घबिच ऋण सहजीकरणमा सहकार्य गर्न हस्ताक्षर

उद्योगी र बैंकर्स सङ्घबिच ऋण सहजीकरणमा सहकार्य गर्न हस्ताक्षर

समझदारी पत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स सङ्घका अध्यक्ष भुवन कुमार दाहालले हस्ताक्षर गरे। 

समझदारी पत्र हस्ताक्षर गर्दै महासङ्घका अध्यक्ष गोल्छाले मुलुकभित्र साना तथा मझौला उद्यमहरूको प्रवर्द्धनमा दुवै संस्थाबिच भएको यो समझदारी कोशेढुंगा हुने बताए।

बैकर्स सङ्घका अध्यक्ष दाहालले उद्यमहरूको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबिच भएको समझदारीमाथि आफूलाई गर्व महसुस भएको बताए। उनले देशभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको उनले जानकारी दिए। 

महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठुलो राहतको महसुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्य योजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए। 

१३ फागुन, २०७७, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।