‘कमेडी च्याम्पियन–२’ फागुन २१ देखि प्रशारण हुने

‘कमेडी च्याम्पियन–२’ फागुन २१ देखि प्रशारण हुने

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विशाल भट्टराईले फागुन २१ देखि टेलिभिजनमा सो प्रशारण हुने जानकारी दिए। उनले डिजिटल अडिसन हुँदै फिजिकल अडिसनबाट सोका लागि २४ जना छानिएको बताए। 

उनका अनुसार सोका लागि झण्डै ६ हजारले डिजिटल अडिसन दिएका थिए। तीमध्ये १ सय ८० ले काठमाडौंमा फिजिकल अडिसन दिएका थिए। 

सोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्। उक्त सो भने रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। 

सोको निर्मातामा अभिनेत्री केकी अधिकारीसँगै विशाल भण्डारी, रिमा विश्वकर्मा र राज घिमिरे छन्। 

सो कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ। 

सोको पहिलो सिजनको उपाधि हिमेष पन्त घोषित भएका थिए। 

१३ फागुन, २०७७, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।