सुन तोलामा ५ सय रुपैयाँले घट्यो 

सुन तोलामा ५ सय रुपैयाँले घट्यो 

काठमाडौँ : सुन तोलामा ५ सय रुपैयाँले घटेको छ। बुधवार ८९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

मङ्गलवार ९० हजार १ सय कायम भएको सुन हिजो बुधवार ३ सय रुपैयाँले घटेको थियो। यस्तै तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले घटेर ८८ हजार ८५० रुपैयाँ कायम भएको छ। 

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ। हिजो तोलाको १३४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३५५ रुपैयाँ कायम भएको छ। 

१३ फागुन, २०७७, ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।