‘फटाहा फणीन्द्रे’ मा बुद्धि र रविको इन्ट्रि

‘फटाहा फणीन्द्रे’ मा बुद्धि र रविको इन्ट्रि

काठमाडौँ : चलचित्र ‘फटाहा फणीन्द्रे’मा बुद्धि तामाङ र रवि डङ्गोल भित्रिएका छन्। निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारमा बुद्धि र रविसँग एग्रिमेन्ट गरेका छन्। 

यस चलचित्रका लागि अभिनेता कर्मा छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तम केसी लगायत कलाकार अनुबन्धित भइसकेका छन्। चलचित्र श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। 

सुनिल मानन्धर प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट छन्। 

यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाङ्कन रहनेछ।

उत्तम केसीको कथा रहेको चलचित्रमा पटकथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काले लेखेका छन्। चलचित्र ‘तिम्रो लागि’, ‘पाठशाला’ निर्माण गरेका अरुणले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

चलचित्र आपराधिक विषय बस्तुमा प्रस्तुत हुने निर्देशक अरुणले बताए। यस चलचित्रको छायाङ्कन चैत्रको पहिलो साताबाट हुनेछ। 

१३ फागुन, २०७७, ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।