काँग्रेस पदाधिकारी बैठक बस्दै

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने फैसला गरेपछिको अवस्थाबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। 

बुढानीलकण्ठमा दिउँसो ३ बजे वर्तमान र पूर्वपदाधिकारीसँग पार्टी सभापति देउवाले छलफल गर्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। देउवासँग हिजो बुधवार नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटेका थिए। 

नेकपा आधिकारिक रूपमा नफुटेकाले काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिको मूल्याङ्कन  गरिरहेको काँग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले बताए। ‘अहिले पनि नेकपा एउटै छ, महतले उकेरासँग भने, सिनारियो के हो प्रस्ट छैन, काँग्रेसले तत्काल भन्ने कुरा  छैन।’

१३ फागुन, २०७७, ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।