काली र अस्मिताको ‘मैना’ सार्वजनिक 

काली र अस्मिताको ‘मैना’ सार्वजनिक 

काठमाडौँ : गायक कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र सङ्गीत छ ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ । 

भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रङ्ग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । 

भिडियो एसथ्रीके इन्भेस्टमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

१२ फागुन, २०७७, १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।