ओली समूह संसद अधिवेशन बोलाउन सहमत

ओली समूह संसद अधिवेशन बोलाउन सहमत

काठमाडौँः प्रधानमन्त्री केपी ओली शर्माको समूहको स्थायी समितिको बैठकले सर्वोच्च अदालतले तोकेको समयभित्रै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय खारेज गरिदिएपछि बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने निर्णय गरेको हो।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले समग्र परिस्थितिबारे छलफल गर्न आफ्नो समूहको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेको छ। 

प्रतिनिधि सभाको बैठक समयमै बोलाउने र त्यसपछिका दृश्यबारे सबै पक्षसँग छलफल गर्ने समेत निर्णय गरेको छ। बैठकले यस अगाडि नै तोकिएका कार्यक्रम भने नरोक्ने भएको छ। 

 

१२ फागुन, २०७७, १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।