गोकुल बास्कोटालाई नेकपा दाहाल–नेपाल समूह समर्थकको व्यङ्ग्य : ७० करोड नपच्ने भो

गोकुल बास्कोटालाई नेकपा दाहाल–नेपाल समूह समर्थकको व्यङ्ग्य : ७० करोड नपच्ने भो

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन प्रतिनिधि सभा ब्युँताएपछि अहिले नेकपाको दाहाल–नेपाल समर्थक विजयी भावमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्री तथा ओली समूहका नेता केपी ओली, राष्ट्रपति विद्या भण्डारी लक्षित नारा लगाएका थिए।

दाहाल–नेपाल समूहका समर्थकले ओली समूहका नेता लक्षित व्यङ्ग्य समेत गर्न छाडेनन्। संसद् विघटन गर्ने ओलीको कदमको कट्टर समर्थनमा उत्रिएका पूर्व सञ्चारकर्मी गोकुल बास्कोटालाई व्यङ्ग्य गर्दै दाहाल नेपाल समूहका समर्थकले‘७० करोड पचेन लेखिएको प्लेकार्ड समेत बोकेका थिए।

सर्वोच्चबाट प्रतिनिधि सभा विघटनको मुद्दा टुङ्गिए पनि पार्टीको आधिकारिकता भने अझै टुङ्गिएको छैन। निर्वाचन आयोगले स्वीकार गरेको विवरण अनुसार अहिले पनि नेकपाको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुन्। सर्वोच्चको फैसलापछि पार्टी विवाद समाधान गर्न निर्वाचन आयोगलाई दबाब बढ्ने निश्चित छ।

 

१२ फागुन, २०७७, १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।