बुवाको हत्या अभियोगमा छोरा पक्राउ  

बुवाको हत्या अभियोगमा छोरा  पक्राउ    

कास्की : आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोटका रामकृष्ण कामी पक्राउ परेका छन्। हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हो। 

घरको भर्याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबिच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ बरामद गरेको छ। 

उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

१२ फागुन, २०७७, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।