वीरगन्ज र जनकपुरमा युवा उद्यमी फोरम गठन 

वीरगन्ज र जनकपुरमा युवा उद्यमी फोरम गठन 

काठमाडौँ : नेपाली युवा उद्यमी फोरम एनवाईईएफको वीरगन्ज र जनकपुर अध्याय स्थापना गरेको जनाएको छ। जनकपुर अध्यायबाट डा. सोनी महतोको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको छ। 

वीरगन्ज अध्यायबाट युवा उद्यमी अनुप कुमार अग्रवालको अध्यक्षतामा गठन भएको कार्यसमितिमा राकेश शाह पहिलो उपाध्यक्ष हुन् भने सन्दीप अग्रवाल उनको अध्यक्षतामा गठन भएको नयाँ कार्य समितिको तेस्रो उपाध्यक्ष हुन्। 

नयाँ कार्यसमितिका संस्थापक अध्यक्षमा अरविन्द्र बहादुर अमात्य रहेका छन् भने सदस्यहरूमा विश्व प्रताप शाह, काजल सिंह, अक्षत शाह, विकास ठाकुर, मनीषा सुनुवार श्रेष्ठ, संकल्प शाक्य र पंकज अग्रवाल रहेका छन्।

यसैबिच जनकपुर अध्यायबाट अध्यक्षमा डा. सोनी महतो, उपाध्यक्षमा आशीष महतो, उपाध्यक्ष रुपा महतो, सदस्यहरू मोहन शाह, अपूर्भा गुप्ता, पंकज प्रसुन र माया शाह रहेका छन्। 

कार्यक्रममा, उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य सुबोधकुमार गुप्ता, गोपाल केडिया, नेपाल उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित अध्यक्ष गणेश लाथ, कार्यकारी समितिका सदस्य अशोक कुमार टेमानी र प्रदीप केडिया लगायतलाई कार्यक्रममा सम्मान गरिएको छ। केडिया पहिले पनि नेपाल च्याम्बर्स अफ कमर्स एन्ड ईण्डष्ट्रिजका कार्यकारी सदस्यका रूपमा रहेर काम गरिसकेका छन्। 

उनले सक्रिय युवाहरूको समूहले आधुनिक र परिष्कृत तरीकाले उद्यमशीलतालाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे। रचनात्मक र नयाँ पुस्ताका युवाहरूलाई उद्यमशीलता र व्यवसायतर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्न पनि उनले आग्रह गरे।

कार्यक्रममा एनजीसीका प्रथम उपाध्यक्ष उदीप श्रेष्ठ, एनजीसी अध्याय उपाध्यक्ष सुमोद मान सैजु, रुपन्देही अध्याय कार्य समितिका सदस्य प्रतिक कसजु, वीरगन्ज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्व अध्यक्ष अशोक कुमार टेमानी, प्रदीप केडिया, महासचिव माधव राजपाल, कोषाध्यक्ष रवीन्द्र बरणवाल लगायतको उपस्थिति थियो।

१२ फागुन, २०७७, ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।