भारतीय सांसदको शव होटेलमा, साथमा सुसाइड नोट

भारतीय सांसदको शव होटेलमा, साथमा सुसाइड नोट

एजेन्सी : भारतका लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटेलमा मृत फेला परेका छन् । उनको शव होटेलको सी ग्रिनमा फेला परेको हो। 

प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट समेत भेटिएको दाबी गरेको छ। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनको शव पोस्टमार्टमका लागि पठाइएको छ। 

५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएका थिए । डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।

 

१० फागुन, २०७७, ००:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।