बन्दी नेता–कार्यकर्ता रिहा गरे वार्तामा बस्छौं: विप्लव नेता बास्तोला

बन्दी नेता–कार्यकर्ता रिहा गरे वार्तामा बस्छौं: विप्लव नेता बास्तोला

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले प्रतिबन्ध फुकुवा गरे आफ्नो समूह सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। उनले वार्तामा बस्नु अगाडि सरकारले प्रतिबन्ध फुकुवा गर्नुपर्ने र हिरासतमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्नुपर्ने सर्त राखे।

 

सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो पार्टी वार्तामा बसेर राजनीतिक समाधान निकाल्न तयार रहेको बताएका थिए। उनले यसबारे पार्टीमा छलफल भइसकेको र अजेण्डा समेत तय भएको दाबी गरे। 

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका बास्तोलालाई सोमबार सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै पक्राउ परेका थिए। उनलाई काभ्रेमा पठाउने तयारी छ।

१० फागुन, २०७७, १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।