‘ठमेल बजारमा’ देखिए रमेशचन्द्र र सीता

‘ठमेल बजारमा’ देखिए रमेशचन्द्र र सीता

काठमाडौं : चलचित्र निर्माता तथा कलाकार रमेशचन्द्र राईले अभिनय गरेको ‘ठमेल बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा  रमेशचन्द्रसँगै सीता राईले अभिनय गरेकी छन्। सन्दीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेको उक्त भिडियोको छायांकन र सम्पादन संजीत घिसिङले गरेका छन्।

गीतमा सुनिता थेगिम र अशोक मुकारुङको स्वर छ। करबीर तामाङको शब्द सृजना गरेको उक्त गीतमा पदम राजन मगरले संगीत भरेका छन्। 

१० फागुन, २०७७, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।