क्यामेड कलेज र कुमारी जबबिच रोजगारी सम्बन्धी सहकार्य

क्यामेड कलेज र कुमारी जबबिच रोजगारी सम्बन्धी सहकार्य

काठमाडौँ : काठमाडौँको सुकेधारास्थित क्यामेड कलेज र कुमारी जबबिच इन्टर्नसिप तालिम तथा रोजगारी सम्बन्धी सहकार्य भएको छ। सहकार्यमा क्यामेड कलेजका सिइओ काशीनाथ खनाल र कुमारी जबका एमडी सन्देश भण्डारीले हस्ताक्षर गरेका छन्।

कलेजका सिइओ खनालले यस सम्झौताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा कुमारी जबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए।

यस्तै कुमारी जबका एमडी सन्देश भण्डारीले यी दुई संस्थाबिचको सहकार्यले विद्यार्थीहरूलाई आवश्यकता अनुसारको तालिम प्रदान गरी उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरूलाई रोजगारको सहजता प्रदान गरिने बताए।

सम्झौताअनुसार क्यामेड कलेजमा बिबिए अध्ययनरत विद्यार्थीहरूले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टर्नसिप पाउनुका साथै रोजगारीको अवसर पनि पाउनेछन्। जस अन्तर्गत ७ औँ सेमेस्टरका विद्यार्थीलाई इन्टर्नसिपका लागि प्रयोगात्मक तालिम दिइने र विभिन्न सङ्घसंस्थामा इन्टर्नसिपका लागि सहजता प्रदान गरिने छ।

यस्तै ८ औँ सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्मक तालिमसँगै जब मेलाको आयोजना गरिने छ। उक्त मेलामा कम्तीमा १० स्थापित उद्योग सङ्घ संस्थाहरूले स्वयम् उपस्थित भएर अन्तर्वार्ता लिनेछन्। उक्त जब मेलाबाट विद्यार्थीहरूलाई जागिरका लागि छनौट गरिने छ।

१० फागुन, २०७७, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।