सिके राउत निर्वाचनमा जान तयार

सिके राउत निर्वाचनमा जान तयार

भैरहवा : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले निर्वाचन भयो भने आफ्नो पार्टी सहभागी हुने बताएका छन्।

 

उनले संसद् विघटनको घटना असामान्य रहेको बताउँदै यसबारे सर्वोच्च अदालतबाट आउने फैसला कुरेर बसेको बताए। 

लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै उनले भने‘ प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले के फैसला गर्छ भन्ने प्रतीक्षामा छौँ। निर्वाचन हुने अवस्थामा पार्टीले भाग लिन्छ।’

उनले प्रतिनिधिसभा विघटनपछि विदेशी हस्तक्षेप बढेको बताउँदै मुलुकमा दुई तिहाई बहुमतको सरकार आए पनि देशको विकास हुन नसक्नु दुर्भाग्य पूर्ण भएको बताए।

 

९ फागुन, २०७७, १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।