साविक विजेता लिभरपुल इभर्टनसँग घरेलु मैदानमै पराजित 

साविक विजेता लिभरपुल इभर्टनसँग घरेलु मैदानमै पराजित 

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल इभर्टनसँग पराजित भएको छ। 

इभर्टनले लिभरपुललाई उसकै घरेलु मैदानमा २–० ले पराजित गरेको हो। इभर्टनलाई जित दिलाउन रिचार्लिसन र जिल्फी सिगुर्डसनले १–१ गोल गरे। 

जितसँगै इभर्टनले २४ खेलबाट ४० अंक बनाएको छ। ऊ अंकतालिकाको सातौं स्थानमा छ। इभर्टनभन्दा १ खेल बढी खेलेको लिभरपुल समान अंकका साथ अंकतालिकाको छैटौं स्थानमा छ। ऊ गोल अन्तरका आधारमा इभर्टनभन्दा एक स्थान माथि रहेको हो। 

अंकतालिकाको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ। उसले २४ खेलबाट ५६ अंक जोडेको छ। 

हिजो राति सम्पन्न प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेले। यस्तै, वेष्ट ब्रोम र बर्न्ले पनि बराबरीमै रोकिए। ती दुवै टोलीले गोलरहित बराबरी खेलेको हुन्। यसैगरी, फुल्हमले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्याे। 

९ फागुन, २०७७, ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।