उकेरा फिचर

ड्रेस सेन्स फैलाउने धाख्वा

सिर्जना दुवाल श्रेष्ठ


काठमाडौँ : राजेश धाख्वाका पुस्ता पुर्खा ल्हासाबाट कपडा ल्याएर नेपालमा बेच्थे। त्यसैले उनलाई कपडासित प्रेम गर्न सिकायो। लाज छोप्ने साधन मात्रै हैन कपडा। यो व्यक्तित्व निखार्ने माध्यम पनि हो भन्ने लाग्यो उनलाई। 

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने भन्ने चाल पाए । र लागे सिंगापुरको सेलेजिया आर्ट एन्ड डिजाइन स्कुलमा।

‘विविध कोर्स हुने रहेछ फेसन डिजाइनिङमा पनि,’ उनले भने‘मैले कलर मेकिङ तथा प्याटर्न मेकिङको स्पेसल कोर्स गरे।’

उच्च वर्ग कपडाप्रति सचेत थियो। उनीहरू बुटिक जान थालिसकेका थिए। जे यता पाइदैनन्थ्यो विदेशबाट मगाउन के सकस भयो र उनीहरूलाई।

तर मध्यमवर्गमा कलात्मक पनि हुनसक्छ कपडा भन्ने त्यत्ति चेतको प्रवेश भइसकेको थिएन। त्यसैले कोर्स पुरा गरेर नेपाल फर्किए लगत्तै उनले मध्यमवर्गलाई लक्षित गरेर २०५३ मा कुपण्डोलमा चाहत बुटिक खोले।

त्यो बेला दरबारमार्ग तिर २, ३ वटा बुटिक थियो। तर त्यहाँ मध्यम वर्गको पहुँच थिएन। राज परिवारका सदस्य, विदेशी कूटनीतिक नियोगका अधिकारी अनि राणा परिवार नै थिए उनीहरूका ग्राहक। अहिले बुटिक हबको रूपमा लिइने कुपण्डोलमा उनकै चाहत बुटिक नै पहिलो हो।

‘अहिले बुटिकै बुटिक देखिन्छ यहाँ, मैले बुटिक खोल्दा त हार्डवेयर पसलहरू धेरै थिए,’ उनले सम्झिए‘नेपालीमा बुटिकबारे त्यत्ति जानकारी थिएन। पहिला दुखै पाइयो।’

उनले जति ग्राहक आउँथे उनीहरूलाई बुटिकको एम्बेसडर बनाउन मिहेनत गर्न थाले। कलर कम्बिनेसन भनेको के हो ? फिगर अनुसार कस्तो लगाउने भनेर परामर्श दिन थाले। थोरै भए पनि आएका ग्राहक सन्तुष्ट भए पनि बिस्तारै उनको बुटिकमा चहलपहल सुरु भयो।

०००

सन् १९९७  मा मिस नेपाल हुने भयो। त्यसका लागि फेसन डिजाइनरको खोजी भयो। चयनमा परे उनी नै। अब मध्यमवर्ग लक्षित गरेको उनको बुटिकमा सेलिब्रिटीहरु पनि देखिन थाले। एथेन्टिटक, वेस्टर्न, इस्टर्न र युनिफर्म डिजाइनमा उनलाई धेरैले रुचाउन थाले । 

कुपण्डोलमा बुटिक खोलेको केही समयमा उनी जापान गए। जापानको टोकियोस्थित बुन्का गाकुयानमा आयोजित अन्तर्राष्ट्रिय वर्कसपमा सहभागी हुन पाए। वर्कसपकै क्रममा उनले जापानमा पहिलो पटक फेसन सो पनि गरे। 

नेपाल–जापानबिच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले आयोजित फेसन शोमा उनले नेपालका विभिन्न जातजाति तथा जापानी राष्ट्रिय पोसाक किमोनो मिलाएर सांस्कृतिक विविधता झल्काउने सो गरेका थिए। 

त्यसले उनको कलालाई निखार्न सघायो। फेसन सम्बन्धी छात्रवृत्ति समेत पाए उनले। जे सिके नेपाल फर्किएर चाहत बुटिकमार्फत अघि बढाए  । 

‘त्यति बेला अहिले जस्तो सहज अवस्था थिएन, कच्चा सामाग्री नै नपाउने,’ उनले भने‘ जीपर, बटम, लेस देखी कालिगड पनि भारतबाट ल्याउनुपर्ने बाध्यता थियो।’

उनैले पहिलो पल्ट कपडा डाई गर्ने र इम्ब्रोडरी गर्ने काम सुरु गरेका हुन् । त्यति बेला लुगा सिलाउने कामलाई कुनै एक जातीय कामको रूपमा हेरिन्थ्यो । कपडा व्यापार गरे भइहाल्यो नि किन सिलाउनु पर्‍यो भन्नेहरू पनि थिए।

कतिले त हेप्थे नै । तर यो त उनको रुचीको काम थियो। किन डगमगाउँथे र उनी।

अहिले यो पेसाले मारेको छलाङ देखेर उनी मक्खै छन्। हजारै डिजाइनर भइसके नेपालमा। एक्लै ग्राहक कुरेर बस्ने कुपण्डोल बुटिक हबै बन्यो। फेसन डिजाइनर बन्न चाहेनहरु उनीझैँ सिंगापुर र जापानै जानुपर्ने अवस्था छैन। चाहे नेपालमै पढ्न सकिन्छ।

०००

मिस नेपालसँगै उनी अहिले नेपाली कलाकारहरूको मन पर्ने डिजाइनरमध्येका एक हुन्। उनले धेरै फिल्मका लागि अफिसियल डिजाइनर भएर काम गरेका छन्। अहिले आएर उनलाई लाग्छ कलाकारहरूमा अहिले फेसनको सेन्स बढिरहेको छ। 

उनी पहिलो मिस नेपाल रुवी राणादेखि प्राय अधिकांश मिस नेपालमा ड्रेस सेन्स देख्छन् । त्यसमा विशेष नेपाल मिस नेपाल माल्भिका सुब्बा र श्रृंखला खतिवडामा अझ बढी सेन्स भएको उनको बुझाई छ।

कतिपय सेलिब्रिटीहरुले डिजाइनरसँग बार्टरमा स्टारडम मेन्टेन गरिरहेको उनको अनुभव छ। यसले डिजाइनरलाई पनि फाइदै हुने उनको अनुभव छ। किनकि सेलिब्रिटीले लगाएको कपडा उनका फ्यानहरूले पनि रोज्छन्। यसले उनीहरूको ब्राण्डिङ पनि भइरहेको हुन्छ।

बुटिक भनेको महँगो कपडा मात्र बेच्ने ठाउँ सोच्ने सोचाई भने अझै हट्न सकेको छैन। अनि महँगा कपडा लगाए मात्र राम्रो देखिने सोच पनि गलत रहेको उनी बताउँछन्।

‘कपडा सस्तो र महँगो भन्ने हुन्न। त्यो त सेन्सको कुरा हो,’ उनले भने‘ फिटिङ, सुहाउने कलर, अनि कस्तो स्थानमा कस्तो कपडा लगाउने भन्ने सोच्न सक्यो भने त्यसमा मूल्यको अर्थ हुन्न।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....

विभाको ‘टर्निङ प्वाइन्ट’

काठमाडौं विश्वविद्यालयबाट बिएस्सी सकेकी ढुंगेलले नेपाल क्यान्सर रिलिफ सोसाइटीमा कार्यक्रम संयोजकको रूपमासमेत काम गरिन्। यो अनुभवले उनले बालबालिका र क्यानसरको क्षेत्रमा पनि अनुभव बटुलिन्।  अनि....