कालिन्चोकमा खुकुरी प्रहार गरी महिलाको हत्या 

कालिन्चोकमा खुकुरी प्रहार गरी महिलाको हत्या 

खुकुरी प्रहार गरी हत्या गर्ने २७ बर्षका हिमाल थामी लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले घटनास्थलबाट १० किलोमिटर पर लुकेर बसेका हिमाल थामीलाई पक्राउ गरेको जानकारी दिए। 

हिमाल सुनिताका श्रीमान हुन्। ‘उनले रिस उठेर श्रीमतीको हत्या गरेको बताएका छन्, प्रहरी निरीक्षक कोइरालाले उकेरासँग भने, थप अनुशन्धान भइरहेको छ।’

शनिवार विहान साढे २ बजे हत्या गरेर भागेका हिमाललाई प्रहरीले बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका सिसागोलाईबाट प्रक्राउ गरेको उनले जानकारी दिए।

स्थानीयका अनुसार हिमालकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी थिइन। तर, प्रहरी निरीक्षक कोइरालाले परिवारमा को को छन्? हिमालको विगत के हो? भनेर जानकारी लिने काम भइरहेको बताए। 

८ फागुन, २०७७, ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।