सिंहदरबार भित्रको कञ्चन चमेना र गोसाईंकुण्ड भोजनालयमा म्याद गुज्रिएका खाद्य वस्तु

सिंहदरबार भित्रको कञ्चन चमेना र गोसाईंकुण्ड भोजनालयमा म्याद गुज्रिएका खाद्य वस्तु

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबार परिसरको क्यान्टिनमा  म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरेको फेला पारेको हो ।

शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित केन्द्रीय क्यान्टिन कन्चन चमेना गृह र अर्थ मन्त्रालय परिसरमा सञ्चालित क्यान्टिन गोसाईंकुण्ड भोजनालयको अनुगमन गरेको थियो।

अनुगमनमा क्यान्टिनले सरसफाइमा समेत लापरबाही गरेको र अप्रामाणिक नापतौल मेसिन प्रयोग गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाइले जानकारी दिए ।

अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७५ विपरीतका काम कारबाही गरेको पाइएकाले ३ हजार १ सय ४५ रुपैयाँ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरी केन्द्रीय क्यान्टिनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको निर्देशक सेढाइले बताए ।

अनुगमन टोलिले क्यान्टिनलाई नियमन सम्बन्धी कागजात पेस गरी मापदण्डअनुसार क्यान्टिन सञ्चालन गर्न निर्देशन दिएको उनले बताए। 

७ फागुन, २०७७, २३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।