बैतडीका डिएसपीले भने: भागरथी घटनामा पक्राउ आरोपी १६ वर्षको ,अभिभावक राखेर आरोपीको बयान

बैतडीका डिएसपीले भने: भागरथी घटनामा पक्राउ आरोपी १६ वर्षको ,अभिभावक राखेर आरोपीको बयान

उकेरासँग कुरा गर्दै उनले किशोरको उमेर १६ वर्ष भएको पुष्टि भएको बताए। ‘उनको उमेर १६ वर्ष भएको पुष्टि भयो’ उनले भने।

बुधवार पत्रकार सम्मेलन गर्दा भने प्रहरीले पक्राउ आरोपीको उमेर पुष्टि नै नगरी अन्दाजी १८ बताएको थियो। प्रहरीले आरोपीको उमेर पुष्टि नगर्दा बालबालिका सम्बन्धी ऐन अनुसार उनको पहिचान गोप्य रहन सकेन। नाम सहित सबै पहिचान सार्वजनिक भएको थियो भने प्रहरीले समेत पत्रकार सम्मेलनमा आरोपीलाई वयस्क आरोपीझैँ सार्वजनिक गरेको थियो।

भागरथी केसबारे डिआइजीको दावी ‘आन्दोलनको दबाबले आरोपी सार्वजनिक गर्न बाध्य भएँ।’

अभिभावक राखेर बयान

पक्राउ किशोरबारे प्रहरीले सार्वजनिक गरेको तथ्य प्रारम्भिक क्लु मात्र देखिएपछि प्रहरीको आलोचना बढेपछि बिहीबार जिल्लाको अनुसन्धान टोलीले आरोपीको अभिभावक राखेर बयान लिइरहेको छ।

अधिकारीका अनुसार उनको बयान चार घण्टादेखि जारी छ। ‘अभिभावकसँगै राखेर लिएको बयानमा उनले हत्या गरेको स्विकारेको छन्’ अधिकारीले दाबी गरे। 

भागरथी केसमा पक्राउ किशोरको उमेरबारे प्रहरी अन्यौलमा : डिआइजी- १८, प्रहरी बुलेटिन-१६

 

 

६ फागुन, २०७७, २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।