यो वर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने

यो  वर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने

काठमाडौँ : सरकारले यो वर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। यस अघि बसेको मन्त्रीपरिषद् बैठकले दिएको म्याण्डेड अनुसार शिक्षा मन्त्रालयले शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको बाटो खुला गर्ने निर्णय गरेको हो। 

जेठ भित्र सबै परीक्षा सक्ने र कोरोना भाइरसका कारण साबिकको विद्यालय छाडेर पायक पने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गर्ने निर्णय मन्त्रालयले गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यसका लागि विद्यालयले स्थानान्तरण गरेर जिल्ला स्थित समन्वय इकाईलाई जानकारी गराउनु पर्ने छ। 

परीक्षाका विषयमा उल्लेख प्रावधानलाई संशोधन गर्ने गरी शिक्षा नियमावली संशोधन गर्न मन्त्रीपरिषद्ले शिक्षा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय गत ३ गते राजपत्रमा प्रकाशित भएपछि मन्त्रालयले यो निर्णय गरेको हो । कक्षा १० का अन्तिममा लिइने एसइई लगायत अन्य कक्षाका विद्यार्थीलाई पनि स्थानान्तरणको मौका प्रदान गरिएको शर्माले बताए। 

६ फागुन, २०७७, ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।