नाका खोल्न माग गर्दै बेलहियामा मैनबत्ती जुलुस र चक्काजाम

नाका खोल्न माग गर्दै बेलहियामा मैनबत्ती जुलुस र चक्काजाम

भैरहवा : नेपाल–भारत सीमा नाका खाेल्न माग गर्दै रूपन्देहीका व्यावसायीहरूले सीमा नाका बेलहियामा मैनबत्ती जुलुस निकालेका छन्। 

सिद्धार्थ होटल एसोसियसन नेपाल (सान), सोसाइटी अफ ट्राभल्स एन्ड टुर्स, होटल तथा रेस्टुरेन्ट व्यावसायी संगठन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठनलगायत होटल तथा यातायात व्यावसायीले जुलुससँगै आधा घन्टा चक्काजाम पनि गरेका छन्। 

नाका खुला नहुँदा पर्यटन व्यवसाय धरासायी भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि गरिएको लकडाउनका कारण बन्द गरिएको नाका अझै सहजरूपमा खुल्न सकेको छैन। 

कोरोना संक्रमणको जोखिम कम भएको र भारतलगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडानसमेत सुरु भइसक्दा पनि भारतबाट स्थल मार्ग हुँदै आउने पर्यटन आगमन अझै बन्द रहेकाले व्यवसाय धरासायी भएको पर्यटन व्यवसायीको भनाइ छ। 

५ फागुन, २०७७, २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।