कुमारी जबले विद्यार्थीलाई बजारको आवश्यकता अनुसार तालिम दिने 

कुमारी जबले विद्यार्थीलाई बजारको आवश्यकता अनुसार तालिम दिने 

काठमाडौँ : इम्पेरियल बिजनेस कलेज र कुमारी जबबिच विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका सम्बन्धमा सहकार्य हुने भएको छ।

सहकार्य गर्ने सम्बन्धी सम्झौतामा इम्पेरियल बिजनेस कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सिना र कुमारी जबका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलेजका प्रधानाध्यापक तिमल्सिनाले विद्यार्थीको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा कुमारी जबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए। 

कुमारी जबका भण्डारीले दुई संस्थाबिचको सहकार्यले इम्पेरियल कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार तालिम प्रदान गरिने बताए। उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै रोजगारको सहजता प्रदान गरिने भण्डारीको भनाई छ।

सम्झौताले विद्यार्थीमा भएको किताबी ज्ञानलाई व्यवहारमा उतार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको इम्पेरियल कलेज र कुमारी जबले जनाएका छन्। कुमारी जबले विगत ६ वर्षदेखि मानव संसाधन व्यवस्थापनमा निरन्तर काम गर्दै आएको जनाएको छ। 

५ फागुन, २०७७, १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।