काठमाडौँ : शिक्षा मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरेर कक्षा १० मा पनि भर्ना हुन पाउने प्रावधान थपेको छ। यस अगाडि कक्षा १० मा भर्ना हुन सर्तहरू राखिएको थियो। कोरोना महामारीका कारण विद्यार्थीहरू स्थानान्तरण हुन अप्ठ्यारो हुने भएपछि मन्त्रालयले नियमावली संशोधन गरेर कक्षा १० को भर्ना हुने बाटो खोलेको हो।
शिक्षा
विद्यालय स्थानान्तरण सहज, कक्षा १० मा पनि अब भर्ना हुन सकिने

यस अगाडिको नियमावलीमा कक्षा ९ सम्म मात्र भर्ना हुन सकिन्थ्यो। नियमावलीले कक्षा नौ मा जुन विद्यालयमा रजिस्ट्रेसन फाराम भरेको हो त्यहीबाट मात्र एसइईको परीक्षा दिन सकिन्थ्यो। अब त्यो बाध्यता हटेको छ।
नियमावली संशोधन गरेर ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो ब्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरेको छ।
नियमावलीले वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारीका सरुवा भएको अवस्थामा मात्र नयाँ विद्यालयमा कक्षा १० मा भर्ना हुनसक्ने सर्त राखेको थियो।
२०७७ फागुन ०४ गते १६:०७ मा प्रकाशित