बस दुर्घटनामा १० सैनिक घाइते, सशस्त्रले गर्‍यो उद्धार 

बस दुर्घटनामा १० सैनिक घाइते, सशस्त्रले गर्‍यो उद्धार 

बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा खोलामा सोमबार भएको सेनाको बस दुर्घटनामा १० जना घाइते भएका छन्। 

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना चढेका थिए। उनीहरूमध्ये  १० जना घाइते भएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए।

उनका अनुसार बसको गति अनियन्त्रित भई दुर्घटना भएको थियो।  दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट उद्धार टोली पुगेको थियो। 

गम्भीर घाइते भएकाहरूलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको उनले बताए।

३ फागुन, २०७७, २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।