निर्मलको गीत : लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हो 

निर्मलको गीत : लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हो 

काठमाडौँ - अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौँ अब त उठौँ अब त ’को भिडियो दर्शकमाझ आएको छ ।

निर्मलले यो गीतको रेकर्ड अमेरिकाको क्यालिफोर्नियामा गरेका हुन्। गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन्।

गीतमा भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको छ। 

यो गीतको भिडियो विकल्प फाउन्डेसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ। 

भिडियो 

 

२ फागुन, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।