बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म सञ्चालन हुने केबुलकारको शिलान्यास 

बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म सञ्चालन हुने केबुलकारको शिलान्यास 

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म सञ्चालन हुने केबुलकार शिलान्यास गर्दै ओलीले अव सरकार, निजी क्षेत्र र आम बिकासप्रेमी सबै मिलेर पर्यटन प्रवर्द्धन र आर्थिक विकासका एजेन्डामा एकजुट भएर अघि बढ्नु पर्ने बताए। 

अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्री शङ्कर पोखरेल, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदी लगायतले बुटवल विकासको रोल मोडल बन्ने अभियानमा रहेको बताएका थिए।

बुटवलमा निर्माणाधीन लुम्बिनी केबुल कारको लम्बाई करिब ३ किमी रहने र आगामी २ वर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने लुम्बिनी केबुल कार प्रालिका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। 

केबुलकार निर्माण सम्पन्न गर्न ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले निर्धारित समय अगावै केबुल कार सञ्चालनमा ल्याउने दाबी समेत गरेका छन्।

१ फागुन, २०७७, १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।