राष्ट्रिय महिला लिग फुटबल : एपीएफले वालिङको सामना गर्ने

राष्ट्रिय महिला लिग फुटबल : एपीएफले वालिङको सामना गर्ने
फाइल तस्बिर : एन्फा।

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा आज (शनिबार) शीर्ष स्थानको एपिएफ क्लबले स्याङ्जाको वालिङ नगरपालिकाको टोलीको सामना गर्दैछ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न १२ बजे खेल सुरु हुनेछ। 

एपिएफ आफ्नो अपराजित यात्रालाई कायम राख्ने दाउमा रहनेछ भने वालिङ पनि खेल जितेर अंकतालिकामा माथि उक्लने योजनामा छ।

तर, खेल जित्न दुवै टोलीलाई सहज छैन। शत प्रतिशत जित निकालेकाले एपिएफको मनोबल उच्च छ। यता वालिङ पनि अफ्रिकन खेलाडीको साथले बलियो छ।  

जारी प्रतियोगितामा अपराजित रहेको एपिएफको ८ खेलबाट २४ अंक छ। वालिङ भने १४ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मीका २२ अंक छ। 

आजै विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ। खेल अपराह्न ३ बजे सुरु हुने अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ। 

१ फागुन, २०७७, ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।