बुटवलमा आज ओली समूहको शक्ति प्रदर्शन

बुटवलमा आज ओली समूहको शक्ति प्रदर्शन

बुटवल: नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै छ। बुटवलमा नेकपा ओली समूहले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्।

आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने नेकपाले दाबी गरेको छ। बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभामा ४ सय बढी पूर्व माओवादी कमान्डर नेकपा ओली समूह प्रवेश गर्ने तयारी गरिएको छ।

आमसभा दिउँसो साढे १२ बजे सुरु हुने छ । सभालाई प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शङ्कर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।

१ फागुन, २०७७, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।