'बलात्कृत किशोरी'को मलामी हेर सरकार 

'बलात्कृत किशोरी'को मलामी हेर सरकार 

काठमाडौँ : हुलको बिचमा सेतै कपडा लगाएका मलामी। खट बोक्ने चार काँध। अनि खटमा शव पनि। जति भने पनि राज्यले महिला हिंसा नियन्त्रणको आग्रह नसुनेपछि आज एक समूहले यसरी नै आफ्नो असन्तुष्टि व्यक्त गर्यो वसन्तपुरदेखि भद्रकालीसम्म।

उनीहरूको उद्देश्य त कलिलो उमेरमै यौन पिपासुको पन्जामा परेर बलात्कृत हुँदै ज्यान गुमाउन पुगेका भागरथी भट्ट अनि निर्मला पन्तको साङ्केतिक शव सिंहदरबारलाई नै देखाउन मन थियो।

तर सुरक्षाकर्मीले भद्रकालीबाट अगाडि बढ्न नदिएपछि उनीहरूलाई सुरक्षाकर्मीसँग नोचझोक गर्ने मन भएन र त्यसैलाई सभा स्थल बनाए। शव त्यही बिर्सजन गरे।

 

३० माघ, २०७७, १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।