‘आनी याक्थुङ्वा–२’को भिडियो सार्वजनिक 

‘आनी याक्थुङ्वा–२’को भिडियो सार्वजनिक 

काठमाडौं : लिम्बु भाषाको गीत ‘आनी याक्थुङ्वा–२’ को भिडियो सार्वजनिक गरिएको छ। 
 

तमोर फिल्मस् प्रालिको प्रस्तुतिमा भिडियो निर्माण गरिएको हो। भिडियोमा धान नाचलाई देखाइएको छ। 

भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु र मनु थक्लुङ लिम्बूलाई देख्न सकिन्छ। यस्तै, भीम सेनेहाङ, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ र सीताराम लिम्बू पनि भिडियाेमा अभिनय गरेका छन्। 

भिडियो निर्देशक लोकेन साम्बा लिम्बुले गरेका हुन्। 

उक्त गीतमा पाःलाम गायनमा चर्चित सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वर छ। यस्तै, दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गायनमा सहयोग गरेका छन्।

गीतमा तेज मेन्याङ्बो लिम्बूको रचना, सुमन लिम्बूको लय, अशोक लोहरूङ राईको एरेन्ज छ। 

 

२९ माघ, २०७७, २३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।