मिडिया नेपालको राष्ट्रिय भेला फागुनमा

मिडिया नेपालको राष्ट्रिय भेला फागुनमा

काठमाडौँ : मिडिया नेपालले फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकले राष्ट्रिय भेलाको मिति तय गरेको हो। 

राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले जानकारी दिए।

मिडिया नेपालको देशव्यापी सञ्जाल बनाउने तथा आसन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबारे छलफल समेत हुने उनले बताए। सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय गरेको उनले बताए। 

२६ माघ, २०७७, १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।