नेकपाको फुटको असर पोर्चुगलमा, फुट्यो प्रवासी मञ्च

नेकपाको फुटको असर पोर्चुगलमा, फुट्यो प्रवासी मञ्च

पोर्चुगलमा ओली समूह प्रवासी नेपाली एकता मञ्च पोर्चुगलबाट बाहिरिएका छन्। मञ्चका संयोजक गोविन्द पौडेलले मञ्च छाडेका हुन्। उनले मञ्च छाडेपछि बसेको भेलाले संयोजक पदमा राजेन्द्र गौतमलाई चयन गरेको छ।  

भेलाले गौतमसहित ४५ जनाको कार्यसमिति समेत पुनर्गठन गरेको छ। मञ्चको सहसंयोजकमा भूपेन्द्र धमला, सहसचिवमा युवराज खनाललाई सर्वसम्मतिले चयन गरेको छ भने अन्य रिक्त रहेको पदमा कार्यसमितिको बैठक बसेर चयन गरिने संयोजक गौतमले बताए। 

उता बेलायतमा पनि मञ्च टुक्रिएको छ। ओली समूहले प्रवासी नेपाली एकता मञ्च बेलायतको सङ्गठनको पुनर्गठन गर्दै भक्त गुरुङलाई अध्यक्ष बनाएको छ। 

हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा विस्तार गर्दै जाने बताएको छ। गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईँ, साउथ वेस्टबाट रामकुमार गुरुङ र स्कटल्यान्डबाट जो नि पहारी  छन् ।

 

२६ माघ, २०७७, १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।