उकेरा अपडेट

उकेरामा आज : किशोरी भट्टको हत्यामा दलको दाउदेखि सगरमाथा आरोही कल्पनाको प्रसव पिडा र खुसीसम्म

उकेरा संवाददाता


काठमाडौँ :  नेकपाको विवादले केन्द्रको राजनीति भाताभुङग भएसँगै त्यसको असर प्रदेश सरकारमा समेत परेको छ। केन्द्रमा संसद विघटन भएसँगै सरकार गिराउने या बनाउने खेल सुरु भइसकेको छैन। प्रदेशमा भने जोडतोडले चलिरहेको छ। त्यसैको असर देखियो आज प्रदेश नम्बर १ मा। 

आज नेकपाको सत्ताधारी समूहले नै संसद् अवरुद्ध गर्‍यो प्रदेश १ मा। सत्तारुढ दलका सांसदहरूले नै बैठक अवरुद्ध गरेपछि सभामुखले २ साताका लागि बैठकै स्थगित गरिदिए।

आज मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो। तर संसद् बैठक कार्यसूचीमा प्रवेश नै गर्न पाएन। अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७मध्ये १६ जना सांसदलाई ओली समूहले कारबाही गरेको थियो। उनीहरू संसद्मा आएपछि ओली समूहका सांसदहरूले हङ्गामा गरेका थिए।

यता केन्द्रमा भने आज दाहाल–नेपाल समूहको विद्यार्थी सङ्गठनले अनामनगरमा प्रदर्शन गरे। स्वास्थ्य मन्त्रालयले आइतबारबाट कोरोनाविरुद्धको खोप फ्रन्टलाइनसँगै नेपालमा रहेका कूटनीतिक नियोगका अधिकारी र सञ्चारकर्मीलाई लगाउने तयारी सार्वजनिक गर्‍यो। सोमबारबाट खोप सुरु गर्दै छ मन्त्रालयले।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनको बहसमा आज सरकारको पक्षबाट बहस गर्ने सरकारी वकिलहरूको पालो सकियो। आजबाट निजी कानुन व्यवसायीले प्रधानमन्त्रीको तर्फबाट बहस सुरु गरे। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एक साताभित्र बहस सक्काउन निर्देशन दिए।

निर्वाचन आयोग पुगेको नेकपाको विवाद हेर्ने जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले पाए।

आइतबारका औपचारिक मुख्य खबर यी नै हुन्। अब लागौँ उकेराको टप पाँच स्टोरीतिर।

उकेराको टप पाँच

नेकपामा नक्कली सूचनाको प्रतिस्पर्धा 

उकेराले बिहान नेकपाको केपी ओली समूह र पुष्पकमल दाहाल-माधव नेपाल समूहले सामाजिक सञ्जालमा फैलाइरहेका गलत सूचनाबारे समाचार सम्प्रेषण गर्‍यो। नेपालफ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठका अनुसार प्रारम्भमा ओली समूह गलत सन्देश फैलाउन सक्रिय झेै देखिए पनि दाहाल(नेपाल समूह पनि गलत सन्देश फैलाउन सक्रिय देखिएका छन्।

'पहिला हेर्दा ओली समूहबाट मात्र यस्तो भएको हो कि झेै देखिन्थ्यो तर दुवै समूह गलत सन्देश फैलाउन उत्तिकै सक्रिय छन्उ'नले भने' सामाजिक सञ्जाल गलत सन्देश फैलाउने माध्यम बनिरहेको बेलामा यस्तो सुरु हुनु दुर्भाग्य हो।' नेकपामा नक्कली सूचनाको प्रतिस्पर्धा 

 

आरोही कल्पनाको प्रसव पीडा र खुसी : छोराको प्रश्नले सगरमाथा चढायो

उकेराको आइतबारको कोलम प्रसव पिडा र खुसीमा आज सञ्चारकर्मी तथा सगरमाथा आरोही कल्पना महर्जनको अनुभव प्रस्तुत गर्‍यौ। दुई पटक सगरमाथा आरोहण गरेकी उनले उकेरासँग आमा बन्दाको सुख र छोराको प्रश्नले सगरमाथा चढ्न पाएको हौसला उल्लेख गरिन्। उनले भनिन्‘ छोराले हरेक दिन ‘सगरमाथा चढेर आउनै पर्छ, मेरो चिन्ता नगर्नु’ भन्थ्यो। त्यसले ममा हिम्मत बढाइरहेको थियो। आरोही कल्पनाको प्रसव पीडा र खुसी : छोराको प्रश्नले सगरमाथा चढायो

किशोरी भट्टको हत्यामा राजनीतिक दलको चासो, दबाबमा प्रहरी

नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय हाराहारीका बलात्कारका घटना सार्वजनिक हुन्छन्। केही घटनाले भने राष्ट्रिय राजनीतिमै प्रभाव पार्छ। बैतडीकी भागरथी भट्टको हत्याको घटनाले केन्द्रीय राजनीतिमा समेत प्रभाव पारिरहेको छ। नेकपाको दाहाल–नेपाल समूह मात्रै हैन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, विवेकशील साझाले समेत यस विषयमा चासो राख्दै विज्ञप्ति निकालिरहेका छन्। यसले प्रहरी कसरी दबाबमा परिरहेको छ ? अनुसन्धान कता गइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्यो उकेराले। किशोरी भट्टको हत्यामा राजनीतिक दलको चासो, दबाबमा प्रहरी

नेपाली केयरगिभरमा इजरायल जान पाउने कहिले ? 

इजरायलमा रोजगारीका लागि नेपाली नागरिक लैजान सहमति भए पनि कार्यविधिको अभावमा प्रक्रिया भने सुरु हुन सकेको छैन। माघ ८ मा सहमति भएको थियो। अब कहिलेदेखि प्रक्रिया सुरु हुन्छ भन्नेमा सरकारी अधिकारीहरू नै अनजान देखिए। उनीहरूले कार्यविधि बने लगत्तै प्रक्रिया सुरु हुने बताए तर कहिले बन्छ कार्यविधि खुलाउन सकेनन्।  नेपाली केयरगिभरमा इजरायल जान पाउने कहिले ? 

पहिले जंगल, अहिले पार्क 

करिब ५ वर्षअघि रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित कुञ्ज पार्क घना जङ्गलजस्तै थियो। पर्यटकीय सम्भावना बोकेको पार्क आर्थिक अभावका कारण पार्कका रूपमा विकास हुन सकेको थिएन। तर, त्यही घना जङ्गल अहिले कुञ्ज पार्कका रूपमा विकास भएको छ। पार्कमा घुम्नका लागि तिलोत्तमा नगरपालिकाबाट मात्र नभई बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकाका, ओम सचिया गाउँपालिका लगायत क्षेत्रबाट पर्यटक आउने गरेका छन्। पहिले जंगल, अहिले पार्क 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

घटनाका प्रतिवादी गोरखा फुजेलका सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज....

शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ। यसै गरी तीन वटा दमकल पनि आगो निभाउन प्रयोग गरिएको थियो। सिम्रिक एअरको हेलिकप्टरले....

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

नेपाली सेनाले हरेक वर्ष जस्तै यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा घोडेजात्रा पर्व मनाएको हो। पर्वका अवसरमा राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साइकल....

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भए। कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९....

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गल छेउको बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका भटेरा बस्ने भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बोहराको लासलाई घटनास्थलबाट....