अनेरास्ववियुले अनामनगरमा टाँग्यो प्रधानमन्त्रीको विरोध पत्र

अनेरास्ववियुले अनामनगरमा टाँग्यो प्रधानमन्त्रीको विरोध पत्र

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूह निकट विद्यार्थी सङ्गठनले अनामनगरको हनुमानथानमा प्रधानमन्त्रीको विरोध पत्र सडकमै टाँगेको छ। सिंहदरबारमा विरोध पत्र बुझाउन जान नदिएपछि उनीहरूले विरोध पत्रको ब्यानर बनाएर सडकको बिचमा टाँगेका हुन्।

सिंहदरबार घेर्न गएका उनीहरूलाई प्रहरीले हनुमानथानबाट अगाडि बढ्न दिएको छैन। ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

विरोध पत्रमा प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोध गर्दै काम चलाऊ सरकारको हैसियतमा आएको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न चेतावनी दिइएको छ।

 

२५ माघ, २०७७, १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।