भगिरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न काँग्रेस महिला विभागको चेतावनी

भगिरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न काँग्रेस महिला विभागको चेतावनी

काठमाडौँ : नेपाली काँग्रेसको महिला विभागले भगिरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानमा कुनै लापरबाही नगर्न चेतावनी दिएको छ।

घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकारसँग महिला विभागले माग गरेको छ। 

विभागकी सचिव लक्ष्मी खतिवडाले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकार समक्ष माग गरेकी हुने। ‘यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ।’ विज्ञप्तिमा लेखिएको छ। 

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जङ्गलमा मृत अवस्थामा फेला परेकी भगिरथीको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि विभागले माग गरेको छ।

पीडितलाई न्याय दिलाउन खबरदारीका निम्ति नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीसँग समन्वय गरी स्थलगत अवलोकन सहित आवश्यक कार्य गर्ने गरी केन्द्रीय महिला विभागका सदस्य राधिका सिंहलाई खटाइएको जानकारी विज्ञप्ति मार्फत दिइएको छ । 

विज्ञप्तिमा माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च मा.वि.की छात्रा भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरी स्तब्ध बनाएको उल्लेख छ।

नेपाली काँग्रेस महिला विभागले यो घटनाको घोर निन्दा र भर्त्सना गरेको छ। 

 

२५ माघ, २०७७, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।