उकेरामा आज : एसएमजीको सुरक्षामा प्रचण्डदेखि, बन्दमा लिफ्ट दिने युवासम्म

उकेरामा आज : एसएमजीको सुरक्षामा प्रचण्डदेखि, बन्दमा लिफ्ट दिने युवासम्म

बिहीबारको आन्दोलनको अजेण्डा संसद् विघटनको विरोधसँगै सरकारले हालै गरेको संवैधानिक निकायको नियुक्ति समेत थियो। शुक्रवार ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ। सो कार्यक्रममा आउने समर्थकहरू समेत आजको बन्दबाट प्रभावित भए।

नेपाल बन्द प्राय हिंसात्मक हुने गर्थ्यो। बिहीबारको बन्द शान्तिपूर्ण नै देखियो। छिटपुट केही झडप नभएका हैनन्। तर त्यसले उग्र रूप लिन पाएन।

सर्वोच्चमा आज पनि संसद् विघटन संवैधानिक कि गैर संवैधानिक भन्ने बहस जारी नै रह्यो। सरकार कोतर्फबाट आज प्रतिरक्षा गर्नेहरूको अवस्था हिजोकोझैँ कमजोरै भयो।

आज उकेराको समूह नै आन्दोलनको रिपाेर्टिगंमा खटिएको थियो। काठमाडौँमा ईश्वर मैनाली, कृष्पा श्रेष्ठ, भोला अधिकारी, उपेन्द्र खड्का, निर्मला घिमिरे आन्दोलनको एक–एक पलको समाचार सम्प्रेषणमा सक्रिय रहे।

प्रदेशतिर दीपक घिमिरे, विनय बाह्रकाेटी र विमला खड्का उत्तिकै सक्रिय रहे। डेस्कमा माधव दुलाल र उत्तम ओझा समाचार सम्प्रेषणमा उत्तिकै सक्रिय रहे।

बन्दको सामान्य समाचारभित्र पनि उकेरा सहकर्मीले केही असामान्य समाचारको सङ्कलन गरेका छन् आज।

उकेराका टप पाँच

तथ्यांकमा स्वास्थ्य मन्त्रालयको लापरबाही : मृत्यु भएका कोरोना संक्रमितको संख्या नै गायब

बिहानै हामीले कोरोना सङ्क्रमणबाट मृत्यु भएका संक्रमतिको सङ्ख्यामा स्वास्थ्य मन्त्रालयले गरेको बदमासीलाई उजागर गर्यौ। मन्त्रालयले माघ १५ गते कोरोनाबाट एक जनाको पनि मृत्यु नभएको विवरण सार्वजनिक गरेको थियो। तर शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेना र शव दाहसंस्कार गर्ने पशुपति आर्यघाटको विद्युतीय शव दाह गृहको रेकर्डमा सो दिन दुई सङ्क्रमितको दाहसंस्कार गरिएको खुल्यो। तथ्यांकमा स्वास्थ्य मन्त्रालयको लापरबाही : मृत्यु भएका कोरोना संक्रमितको संख्या नै गायब

गल्ती गर्ने ओली, सजाय पाउने कुम्भनारायण !

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गराएको र संवैधानिक निकायमा नियुक्त गरेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीको रिसको झोकमा परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठ।

भाडामा लिएको ट्याक्सी जलेपछि घर कसरी चलाउने होला भन्ने तनावमा थिए चालक। गल्ती गर्ने ओली, सजाय पाउने कुम्भनारायण !

नेपाल बन्दमा लिफ्ट दिने युवा

आन्दोलनको मोर्चाको निगरानीकैविचमा उकेराकर्मीले फेला पारे एक युवा जसले नेपाल बन्दको बेलामा आफ्नो स्कुटीमा आतपमा परेकाहरूलाई लिफ्ट दिँदै आएका थिए।

उनले बिहीबार रगत चाहिएका अस्पतालको बिरामीलाई रगत पूर्याउन सघाए भने बन्दले अलपत्र परेका पाँच यात्रुलाई लिफ्ट दिए। नेपाल बन्दमा लिफ्ट दिने युवा

एसएमजी बोकेका सुरक्षाकर्मीको घेरासहित आन्दोलनमा प्रचण्ड

नेपाल बन्दमा सवारीसाधन नचलाउन आग्रह गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफू भने गाडीमा घुमिरहेका थिए। प्रदर्शनमा उनी सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च सुरक्षा घेरामा हिँडिरहेका थिए। उनलाई सशस्त्रका सुरक्षाकर्मीले एफएमजीसहित सुरक्षा दिएका थिए। एसएमजी बोकेका सुरक्षाकर्मीको घेरासहित आन्दोलनमा प्रचण्ड

काठमाडौँ र ललितपुर खुल्लै थ्यो, नपत्याएर हेरौँ नाै तस्बिर

बन्दकर्ताको मुडदेखि बन्दले सामान्य जनजीवनमा परेका असर कैद भए उकेराको लेन्समा। काठमाडौँ र ललितपुर खुल्लै थ्यो, नपत्याएर हेरौँ नाै तस्बिर , 

बन्दकर्ताको खाजा : कार्यकर्ताले खाए मकै भटमास, नेताले बिस्कुट

२२ माघ, २०७७, २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।