नेकपा आमहड्तालमा कोरोना संक्रमणलाई बेवास्ता : न मास्क न सामाजिक दूरी 

नेकपा आमहड्तालमा कोरोना संक्रमणलाई बेवास्ता : न मास्क न सामाजिक दूरी 

आमहड्तालका क्रममा कार्यकर्ताको समूह रहेका उनले मास्क लगाएका थिएनन्। सामाजिक दूरी कायम हुने त कुरै थिएन। 

त्यसो त उनीसँगै रहेका कतिपय कार्यकर्ताले पनि मास्क लगाएका थिएनन्। कतिपयले चिउडो छोप्ने गरी मास्क लगाएका थिए। 

 स्वास्थ्य मन्त्रालयले तोकेको कोरोना जोखिम उमेर समूहमै पर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि विना हिचकिचाहट भिडमा मास्कै नलगाई पुगेका थिए। उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले भने मास्क लगाएका थिए।

आमहड्तालका क्रममा सडकमा रहेकी नेकपा नेत्री पम्फा भुसालले पनि मास्कबिनै सडकमा देखिएकी थिइन्। 

उनीहरू मात्र होइन, आमहड्तालका क्रममा राजधानीको चावहिल, पुल्चोक, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रका चोक र सडकमा रहेका नेकपा दाहाल–नेपाल समूहका कतिपय नेता–कार्यकर्ताहरू पनि मास्कै नलगाएका देखिन्थे।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन। अझै दिनहुँ सयभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ। कोरोना संक्रमितको ज्यान जाने क्रम रोकिएको छैन। 

यो अवस्थामा मास्क नलगाउँदा र सामाजिक दूरी नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। 

सरकारले कोरोना संक्रमण फैलन नदिन अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेको छ। यो अवस्थामा राजनीतिक दलका नेताहरूले कोरोना संक्रमण नियन्त्रणमा खेलाँची गर्दा आमजनतामा कस्तो सन्देश जाला ?

२२ माघ, २०७७, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।