बन्दकर्ताको खाजा : कार्यकर्ताले खाए मकै भटमास, नेताले बिस्कुट

बन्दकर्ताको खाजा : कार्यकर्ताले खाए मकै भटमास, नेताले बिस्कुट
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरूमा नियुक्तिको विरोधमा आमहड्ताल गरेको नेकपा दाहाल नेपाल समूहका नेता कार्यकर्ताले ठाउँ ठाउँका सडक कब्जा गरेर बसेका छन्। आन्दोलनकारीलाई हौसला दिन पुष्पकमल दाहाल घुमिरहेका छन्। 

ललितपुरको सातदोवाटो, काठमाडौँको कोटेश्वरदेखि प्राय उपत्यकाका सबै ठाउँमा पुष्पकमल दाहाल पुगेका छन्। गाडी चल्न नदिएर बसेका नेता कार्यकर्ताको मनोबल बढाउन भन्दै दाहाल आफै निस्केका हुन्। 

काठमाडौँको रत्नपार्कमा नेकपा दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले कमान्ड सम्हालेका छन्। कार्यकर्ताले मकै भटमास खाजा खाएका छन् भने प्रवक्ता श्रेष्ठले बिस्कुट खाएका छन्। 

विस्कुट खाइरहेका उनलाई कार्यकर्ताले मकै भटमास पनि खान दिएका छन्। 

२२ माघ, २०७७, ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।