उकेरा फिचर

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

विनय बाह्रकोटी


इटहरी : उमेरले ८ दशक पार गरेका दिलबहादुर गुरुङ अर्धचेत भएको २ वर्ष भयो। यति वेला ओछ्यान नै संसार भएको छ उनका लागि।  पाँच छोराका बाबु उनी बेसहारा छन्।

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका दिलबहादुर मृत्युको दिन पर्खिरहेका छन्।

पथरीशनीश्चरे भुटानी शरणार्थी शिविरको डी ए सेक्सनमा उनको सानो छाप्रो छ। प्यारालाइसिस भएर थलिएका उनको कम्मर मुनीको भाग चल्दैन। भएकी एउटी बुहारी पनि बिरामी पर्न थालेकी छिन्।

उनको पनि खुट्टाको जोर्नीमा समस्या देखिएको छ। छिमेकीको सहारामा बाचेका उनी मर्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन्। भन्छन्, ‘कालले मलाई मात्र किन साची राखेको। मेरो छोरालाई लिन आएको कालले मलाई लान सकेन।’

उनका सम्धी टेकबहादुर गुरुङमा पनि अस्वस्थ छन्। ७८ वर्षका गुरुङलाई बाथको समस्या छ। ३ भाइ छोरा अमेरिकाको पेन्सलभेनीयामा छन्। छोरीलेनै उनको स्याहार गरेरिरहेका छिन्। 

पीढीमा एक्लै टोलाइरहेका मानबहादुर राई बोल्न पनि झन्झट मान्छन्। ८२ वर्ष पार गरेको बताउने उनका एक जना पनि सन्तान छैनन्। श्रीमतीकै सहारामा बाचेका मानबहादुर दिनभर टोलाइरहन्छन्।

भाइ बुहारीसँगै बस्दै आएका मानबहादुर भाइ बुहारी अमेरिका पुगेदेखि सम्पर्कमा नआएको बताउँछन्। एक्लै भएपछि झर्को मान्दै उनी भन्छन्, ‘घरको न घाटको भइयो। अब काललाई कुर्दै बस्नु होला नि।’ अहिले शरणार्थी शिविरका सचिव चम्पासिंह राईलेनै उनीहरूको रेखदेख गरिरहेका छन्। 

सी ए सेक्सनमा बस्ने मनलक्ष्मी राई खासै कान सुन्दिनन्। दमको रोगी उनलाई बोल्न पनि गाह्रो हुन्छ। ३ छोराकी आमा मनलक्ष्मीको साथमा उनका वृद्ध श्रीमान् मात्र छन्। श्रीमान् जोगबहादुरलाई पनि बुढ्यौलीले च्यापेको छ।

बाथको रोग देखापरेपछी राम्ररी हिँडडुल गर्न पनि सक्दैनन्। भएका दुई छोरा अमेरिका पुगेको ५ वर्ष भयो। अमेरिका पुगेका छोराले सम्पर्क गरेर सोधखोज पनि गरेका छैनन्। 

संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्च आयोग (युएनएचसीआर)ले सहयोग गर्न छाडेपछि झनै उनीहरूको बिचल्ली भएको छ। लकडाउन अगाडीसम्म आउने गरेको मासिक २ हजार पनि आउन छाडेको छ।

जसको मारमा परेका छन् बृद्धाबृद्धा। अशक्त र बृद्धाबृद्धाको  लागी उपलब्ध हुँदै आएको रकम नआउने भएपछि उनीहरु थप चिन्तामा परेका छन्।  

सचिव राईका अनुसार आफूहरूको बिल्लिबाठ भएको बताउँछन्। ‘स्थानीय रोजगारी गर्न पनि सीप छैन। व्यापार गर्न नागरिकता छैन। के गरिखाने दोधार भइयो।’ उनले भने, ‘अमेरिका पुगेकाहरू उतै हराए। नेपालमा बस्नेहरूले दुख पाए। खै के गर्ने गर्ने बहुत दुख पाइयो।’

भुटानी शरणार्थी समस्या समाधानको लागी पुनर्वास कार्यक्रम लिएर नेपाल आएको आयोगले सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ। तेस्रो देश पुनर्वासको काम ९२ प्रतिशत सकिएको भन्दै आयोगले झापाको दमकमा रहेको कार्यालय नै बन्द गरेको छ।

भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तरत अमेरिका, अष्ट्रलिया लगायत विभिन्न युरोपेली मुलुकमा पुगेका छन्। हाल पनि साढे ६ हजार शरणार्थी दमकको बेलडाँगी र पथरीशनीश्चरे शिविरमा छन्। त्यसमध्येपनि अधिकांशको परिवार विभाजित छ । 

२०७५ कार्तिकमा शरणार्थीलाई भुटानमै स्वदेश फिर्ता गराउने भन्दै नेपाल सरकारले मन्त्रालयमा छलफल चलाएको थियो। जसको विषयमा भुटान सरकारले आजसम्म कुनै चासो दिएको छैन।

स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दा गर्दै हिँडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका छन् भुटानी शरणार्थीहरू। जसले गर्दा भुटानी शरणार्थीहरू अन्योलमा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....

विभाको ‘टर्निङ प्वाइन्ट’

काठमाडौं विश्वविद्यालयबाट बिएस्सी सकेकी ढुंगेलले नेपाल क्यान्सर रिलिफ सोसाइटीमा कार्यक्रम संयोजकको रूपमासमेत काम गरिन्। यो अनुभवले उनले बालबालिका र क्यानसरको क्षेत्रमा पनि अनुभव बटुलिन्।  अनि....